चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

दीपेन्द्र के खनालको कथा, छायांकन तथा निर्देशनमा तयार भएको ‘चिसो मान्छे’को ट्रेलरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् ।

चलचित्रले नेपाली समाजको कथा बोल्ने बताइएको छ। फिल्मको अधिकांश छायांकन बाजुरा जिल्लामा गरिएको हो।

यसअघि नै यो लुक्समा स्वस्तिमाले राम्रो चर्चा बटुलिसकेकी छिन् । टिजरमा अभिनेता अर्पण र देशभक्त खनाल पनि देखिएका छन् ।

डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको यो चलचित्रमा कर्णाली क्षेत्रको कथा रहेको जानकारी निर्माण टिमले दिएको छ । चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् ।

आगामी असार ३ गतेलाई प्रदर्शन मिति तोकेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here