नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह

काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ। भेटको क्रममा ओलीले नेपालसँगका नाका खुलाउन वाङ यीसँग आग्रह गरेका छन् ।

ओलीले बिआरआईअन्तर्गतका आयोजनाहरुलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान पनि विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए ।

भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख डा राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here