काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर, ढाका तेस्रोमा

फाइलफोटो

काठमाडौं, १४ चैत । काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ ।

एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १५९ रहेको छ ।

एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।

रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

रिपार्ट अनुसार विश्वका प्रदूषित सहरहरूको सूचीको तेस्रो नम्बरमा बङ्गलादेशको ढाका परेको छ । बङ्गलादेशको ढाका प्रदूषण मापन सूचक एक्यूआई १५५ रहेको छ ।

पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर, पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेका छैनन् ।

भारतको मुम्बई पाँचौं, राजधानी नयाँदिल्ली १२२ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित आठौं प्रदूषित सहरमा परेको छ ।

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here