त्रिकोणात्मक टी-२०: नेपालको विजयी शुरूवात, पपुवा न्युगिनी १५ रनले पराजित

काठमाडौं, १४ चैत । नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी १९।२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा समेटिएको हो।

पपुवा न्युगिनीका लागि नर्मन भनुवाले ५२, सेसे बउले ३०, चार्लस अमिनीले २२, लेगा सिअकाले २१ र चाड सोपरले १३ रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।

तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो।

करण केसीले १४ र कुशल मल्ले ११ रन बनाएका थिए।

पपुवा न्यूगिनीका लागि अलेई नाव र चार्ल्स अमिनी र चाड सोपरले दुई-दुई तथा नर्मन भनुवा र रिले ह्याकुरले एक-एक विकेट लिएका थिए।

सिरिजमा भोलि मलेसिया र पपुव न्युगिनीबीच खेल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here