पल शाहलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै शाहले पुनरावेदन दिएका हुन् ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग शाहको छ । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here