त्रिदेशीय शृंखला: नेपालकाे लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मलेसियालाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतकले नेपाल लगातार दोस्रो जीत निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।

नेपालले सुरुमै कुशल र रोहिकुमार पौडेललाई गुमाएको थियो । त्यसपछि आसिफ र दीपेन्द्रसिंहले नेपालको इनिङ्स सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गरे ।

मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

शृंखलामा नेपालको यो लागतार दोस्रो जित हो । यसअघि, नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । मलेसियाको भने यो पहिलो हार हो ।

मलेसियाले पनि पीएनजीलाई ८ रनले हराएको थियो । नेपालले अब बिहीबार पुनः पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here