करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी

काठमाडौं । करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेटको पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारि त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा करणले लेगासियालाई आसिफ शेख बाट क्याच आउट गराउँदै उनले ५०औं विकेट पूरा गरे ।

करणले जारी खेलमा नेपालका लागि ५ विकेट लिएका छन् । करणले पहिलो ओभरको चौथो बलमा लेगा सियाकाको विकेट झार्दै ५० विकेटको आँकडा पुरा गरे।

करणले ३६ खेलमा ५० विकेट पूरा गरे। यसअघि लेग स्पिनर सन्दीप लामिछानेले ३६ खेलमा नै ६७ विकेट झारेका छन्।

उसअघि कप्तान सन्दीप लामिछानेले ५० विकेट पूरा गर्दै नेपालबाट टी-२० मा ५० विकेट पूरा गर्ने पहिलो खेलाडी बनोका थिए ।

करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट टि२० आईमा डेब्यू गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here