नेपालका १३ जिल्लामा बर्डफ्लू, ८८ हजार पन्छी र ५१ हजार अण्डा नष्ट

फाइलफोटो

काठमाडौं, १९ चैत । नेपालका १३ बर्डफ्लू भेटिएको छ । पशु सेवा विभागका अनुसार हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू भेटिएको हो ।

बर्डफ्लू भेटिए जिल्लाहरु मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्की रहेका छन् ।

ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ ।

थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको विभागले जनाएको छ ।

नेपालमा विसं २०६५ मा पहिलो पटक बर्डफ्लू देखापरेको हो । त्यसैगरी २०७० सालमा यो रोग भयावह भएको थियो । तत्कालीन समयमा भक्तपुर जिल्लाका सबै पक्षी मारिएका थिए ।

यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो । चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो

‘एच फाइभ एन वान’ भाइरसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा एकजना मानिसको मृत्युसमेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here