‘ए मेरो हजुर ४’को नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत र उदयराज पौडेलको स्वर रहेको छ ।

गीतको ब्याक भोकलमा प्रश्ना शाक्यले साथ दिएकी छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई गायक पौडेल स्वंयमले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाले नृत्य गरेका छन् । अभिनेत्री झरना थापाले निर्देशन गरेको तेस्रो फिल्म ‘ए मेरो हजुर ४’मा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायतको पनि अभिनय छ ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here