लिग वान:पीएसजीको जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल

काठमाडौं, २१ चैत । फ्रेन्च लिग वानमा पीएसजीले फराकिलो जित हात पारेको छ। आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउने क्रममा टोलीका प्रमुख तीन खेलाडी लियोनेल मेस्सी, नेयमार र कायलिन एमबाप्पेले गोल गरे।

नेयमार र एमबाप्पेले २र२ गोल गरे भने मेस्सीले १ गोल थपे। नेयमारले खेलको १२ औं र ९० औं मिनेटमा गोल गरेका थिए भने एमबाप्पेले २८ औं र ६७ औं मिनेटमा गोल गरेका थिए।

मेस्सीले ७३ औं मिनेटमा गोल गरे।

लिग वानमा पीएसजीले ३० खेलबाट ६८ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट ५६ अंक जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here