लिग वान:पीएसजीको जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल

काठमाडौं, २१ चैत । फ्रेन्च लिग वानमा पीएसजीले फराकिलो जित हात पारेको छ। आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउने क्रममा टोलीका प्रमुख तीन खेलाडी लियोनेल मेस्सी, नेयमार र कायलिन एमबाप्पेले गोल गरे।

नेयमार र एमबाप्पेले २र२ गोल गरे भने मेस्सीले १ गोल थपे। नेयमारले खेलको १२ औं र ९० औं मिनेटमा गोल गरेका थिए भने एमबाप्पेले २८ औं र ६७ औं मिनेटमा गोल गरेका थिए।

मेस्सीले ७३ औं मिनेटमा गोल गरे।

लिग वानमा पीएसजीले ३० खेलबाट ६८ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट ५६ अंक जोडेको छ।