त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपाललाई, दीपेन्द्र र करणकाे उत्कृष्ट प्रदर्शन

File

काठमाडौं, २१ चैत । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ ओभर २ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पपुवा न्युगिनी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे।

उनले नटआउट ५४ रन जोडे। टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका प्रहार गरे ।

करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थियो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए।

रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन्। आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।

सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here