पल शाह प्रकरण: पीडितले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले बयान फेरेकी हुन् । उनले बकपत्रका क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । उनले बकपत्रका क्रममा अरूको उक्साहटमा परेर जाहेरी दिएको दाबी गरेकी छन् ।

ती नाबालिग गायिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको आरोप लगाउँदै उनका अभिभावकले उजुरी दिएका थिए ।

अभिनेता शाहलाई बलात्कारको अभियोगमा जिल्ला अदालत तनहुँ र नवलपुर आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको छ। नाबालिग महिलाले कलाकार पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। उनले आफूमाथि पटक–पटक जबरजस्ती गरेको भन्दै गैँडाकोट प्रहरीमा समेत जाहेरी दिएकी थिइन्।

शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here