रेलिगेशन जोनको कार्डिजसँग बार्सिलोना घरेलु मैदानमै पराजित

काठमाडौं, ६ वैशाख । उपाधि होडमा रहेको बार्सलोना स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध भएको छ। क्याम्प नोउमा भएको खेलमा काडिजसँग १–० ले पराजित हुन पुगेको हो ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको सुरूमै गोल खाएको थियो।

खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गोल गर्दै कार्डिजलाई सुरूआती अग्रता दिलाए। खेलमा ७५ प्रतिशत बल पोजिशन राखे पनि बार्सिलोनाले गोल गर्न नसकेपछि खेलमा फर्कन सकेन।

ला लागिमा बार्सिलोना ६० अंकसहित दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७५ अंक छ। यस्तै तेस्रो र चौथो स्थानमा रहेका सेभिल्ला र एथ्लेटिको म्याड्रिडको पनि समान ६०-६० अंक छ। यद्यपी बार्सलोनाले १ खेल कम खेलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here