आर्ट काउन्सिलमा ‘वार्षिक ललितकला प्रदर्शनी’ दीपक कुँवर लगायतका कलाकृति समावेश

काठमाडौं । लायन्स क्लब इण्टरनेशनल नेपाल अन्तरगत सन २०१९ मा स्थापित लायन्स क्लव अफ काठमाडौंको फाईन आर्टस नेपालको आयोजनामा नेपाल आर्ट काउन्सिल बबरमहलमा वार्षिक ललितकला प्रदर्शनी भैरहेको छ ।

वैशाख ९ गते देखि शुरु भएको उक्त प्रदर्शनीमा १५ गतेसम्म चल्नेछ ।

उक्त क्लवका १३ जना सदस्य चित्रकार, १ जना मूर्तिकार तथा जना वरिष्ठ चित्रकारको सहभागिता रहेको कुरा क्लवकी कोषाध्यक्ष तथा प्रदर्शनीका संयोजक लायन लक्ष्मी मास्के बताए ।

प्रदर्शनीमा चित्रकार महेश आचार्य, राजेश मानन्धर, कीरण सिगुु, ईन्द्र श्रेष्ठ, लक्ष्मी मास्के, सुरेम देसार, नगेन्द्र प्र. पौड्याल, रमेश कुँवर, दीपक कुँवर, शुष्मा श्रेष्ठ, ज्योति खड्का, जनक अधिकारी, चिरञ्जिवी भट्ट, तथा मूर्तिकला तर्फ मूर्तिकार भुवन थापाको सहभागिता रहेको छ ।

प्रदर्शनीमा अतिथि चित्रकारका रुपमा ललितकला क्याम्पसका पूर्व प्रमुख वरिष्ठ चित्रकार कृष्ण मानन्धरको सहभागिता रहेको छ ।

लायन्स क्लव्स् ईण्टरनेशनल नेपाल अन्तरगतका अन्य छ वटा क्लवहरुको विशेष सहयोग रहेको उक्त ललितकला प्रदर्शनीमा अधिकांश कलाकृतिहरु प्रकृतिपरक, संस्कृतिपरक र दृश्यपरक सौन्दर्यका रहेका छन ।

प्रदर्शनी कलाकृतिहरु मध्ये रमेश कुँवरमा नेपालको पर्यावरण तथा नेपालका चराहरुको सौन्दर्यपूर्ण चित्रण रहेको छ भने महेश आचार्यका चित्रहरुमा नेपालका हिमाल, हिमाली ग्रामीण दृश्यहरु तथा नेपालका मन्दीरहरुको सुन्दर चित्रण गरिएको रहेको छ ।

त्यसैगरी ईन्द्र श्रेष्ठका चित्रहरुमा सारंगी र संगीतको कलात्मक प्रस्तुति रहेको छ भने लक्ष्मी मास्केका चित्रहरुमा भगवान श्रीकृष्ण र वहाँको वाहन मयुरको चित्रण गरिएको रहेको छ ।

प्रदर्शनीमा दीपक कुँवरबाट कुमारी र करुवा विषयका संस्कृति र दैनिक जीवनपरक चित्रहरुको सुन्दर प्रस्तुति पस्किईएको रहेको छ ।

ज्योति खड्काका चित्रहरु हिमाली दृष्य तथा संरचनात्मक प्रस्तुतिका रहेका छन । प्रदर्शनीमा कीरण सिगुका केही फरक देखिने पूर्ण परिकल्पनापरक सामाजिक–राजनैतिक विषय सम्बन्धित रहेका छन् ।

प्रदर्शित कलाकृतिहरु राजेश मानन्धर, शुष्मा श्रेष्ठ, जनक अधिकारी, चिरञ्जिवी भट्टका प्रस्तुतिहरु समेत कलात्मक र संकलनीय रहेका छन । जनक अधिकारीको स्व। राजा बीरेन्द्रको मुहारचित्र उल्लेखनिय रहेको छ ।

सुरेम देसार र नगेन्द्र प्र। पौड्यालका चित्रहरु अमूर्त शैलीका रहेका छन भने मूर्तिकार भुवन थापाका मूतिहरु समेत अमूर्त र गहन रशेका छन । वरिष्ठ चित्रकार लकृष्ण मानन्धरका चित्रहरु प्रकृति र अमूर्त अभिव्यञ्जनामय रहेका छन् ।

आफ्नो स्थापनाको समय, सन २०१९ यता नेपालमा कोभिडको प्रकोप विद्यमान रहेको र निरन्तर रहेको रहेतापनि क्लवले सामाजिक सेवा सम्बन्धित विभिन्न कार्यक्रम सम्पन्न गर्दै गतवर्षसम्ममा एउटा अनलाईन ललितकला प्रदर्शनीको आयोजनाको कार्य सफलताका साथ सम्पन्न गरेको कुरा क्लवका द्धितियक अध्यक्ष किरण सिगुले बताए ।

क्लवले केही महिना अधिमात्र एक बालकला कार्याशाला समेत सम्पन्न गरेको संयोजक लक्ष्मी मास्केले बताए ।

प्रदर्शनीको समुद्धाटन समारोहमा पर्याप्त संख्यामा लायन्स क्लव्स् ईण्टरनेशनल नेपालका वरिष्ठ लायनहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहको अध्यक्षता क्लवका अध्यक्ष लायन नगेन्द्र प्र. पौड्यालले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here