बार्सिलोना घरेलु मैदानमा पराजित, रियल च्याम्पियन बन्न १ अंक मात्र बाँकी

काठमाडौं, १२ वैशाख । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो।

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो ।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५ औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ ।

यो हारसँगै बार्सिलोनालाई ला लिगा उपाधि यात्रामा धक्का लागेको छ।

सबै टोलीले समान ३३ खेल खेल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ७८ अंक छ। हारका बाजुत दोस्रो स्थानमा कायमै रहेको बार्सिलोना रियल भन्दा अझै १५ अंकले पछि छ। सेभिल्लासँग अंक बराबरी रहे पनि गोल अन्तरमा बार्सिलोना दोस्रो स्थानमा छ।

यो नतिजासँगै रियललाई च्याम्पियन बन्न अब १ अंक मात्र बाँकी छ। आगामी खेलमा स्पान्योलसँगको बराबरी गरे उपाधि उचाल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here