लामखुट्टेबाट सर्ने घातक रोग मलेरिया: लक्षण र जोगिने उपाय के ?

काठमाडौं । आज विश्व औलो दिवस नेपालमा पनि ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउने लक्ष्य राखेको छ ।

मलेरिया लामखुट्टेबाट सर्ने निकै घातक रोग हो, जुन पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यो लामखुट्टेले डस्दै गर्दा हाम्रो रगतमा परजीवी छोड्छ। परजीवी शरीरमा प्रवेश गर्नेबित्तिकै कलेजोतिर सर्छ।

परिपक्वताको केही दिन पछि, परजीवी रगतमा प्रवेश गर्दछ र रातो रक्त कोशिकाहरूलाई क्षति पुर्‍याउँछ। यो खतरनाक संक्रमणबाट मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष २५ अप्रिलमा विश्व औलो दिवस मनाइन्छ।

के हुन् त औलोको लक्षण ?

संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु

टाउको दुख्नु, वान्ता हुने, जोर्नी दुख्ने

शरीरमा रगतको मात्रा कम हुने

शरीरका भित्री अंग सुनिने

थकित महसुस हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here