जिम्बाबेविरुद्धको एकदिवसीय श्रृंखलाका लागि टोली घोषणा,को-को परे ? (नामावलीसहित)

काठमाडौं । जिम्बाबे ‘ए’सँगको एकदिवसीय श्रृंखलाको लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा सन्दीप बाहेक आशिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् ।

नेपाल र जिम्बाबे ‘ए’ बीच हुने तीन खेलको श्रृंखला भोलिबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । एकदिवसीय श्रृंखलापछि पनि यी दुईले तीन खेलको टी–२० श्रृंखला पनि खेल्नेछन् ।