टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपको खराब बलिङ

काठमाडौं, १८ वैशाख । टी-२० क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि कुशल भुर्तेल ३१ बलमा ४६ रन जोडे। त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको पालि खेले।

आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भएभने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे। यस्तै मोहम्मद आदीम आलम २७ बलमा ४७ रन जोडे।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १-१ विकेट लिए।

जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे।

बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।

खराब बलिङ गरेका कप्तान सन्दीपले ४ ‍ओभरमा ५० रन दिए। करणले ३ ओभरमा ३५ रन खर्चिए।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।

दोस्रो टी-२० भोलि मा र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ। एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here