भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं, २० वैशाख । अभिनेता भुवन केसी र अत्रिनेत्री स्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए ।

यसअघि नेकपा एमालेमा रहेका केसी आज बिहान कांग्रेस प्रवेश गरेका हुन् । २०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए ।

त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएका थिए ।

यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here