सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रुपैयाँ बढ्यो

काठमाडौं, २२ वैशाख । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलाको १४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर ९८ हजार ६०० सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि विहीवारर १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here