नेपाल जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित

काठमाडौं, २३ वैशाख । नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल जिम्बावे एसँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावेले ७ विकेटको क्षतिमा २६ ओभरमा पूरा गर्‍यो।

जिम्बाब्वेका लागि इनोसेन्ट केइयाले अविजित ४८ रनको योगदान दिए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ब्राड इभन्स १७ रनमा अविजित रहे ।

केफस जुवाओले ३२ र रोय केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए । ७० बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । करण केसीले २५, कुशल भुर्तेलले १९ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बाब्वेका लागि ब्राड इभन्सले चार तथा, भिक्टर न्याउची, ब्रेन्डन माभुता र केफस जुवाओले दुई–दुई विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल खराब ब्याटिङ गर्दा ३१.३ ओभरमा १३६ रनमै अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसिफ र आरिफ शेख समान ५-५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।

जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २-२ विकेट लिए। यो जितसँगै जिम्बाब्वेले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here