फास्ट बलर चम्किएपछि जिम्बाब्वे ‘ए’ माथि नेपालको सानदार जित

File

२४ वैशाख, काठमाडौं । नेपालका तीव्र गतिका बदरद्धय सोमपाल कामी र करण केसी चम्किएपछि नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे एमाथि सानदार जित निकालेको छ । नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हरायो ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले टस जितेर जिम्बाब्वेलाई ब्याटिङमा आमन्त्रण गरेको थियो । जिम्बाब्वेले ३१.५ ओभरमा पुरै विकेट गुमाउँदै मात्र ८८ रन जोड्न सक्यो । नेपालले यो लक्ष्य मात्र ११.२ ओभरमा १ विकेट गुमाएर भेटायो ।

नेपालका लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए । आसिफ शेखले नटआउट ३४ रनमा खेले । नेपालका लागि करण केसी र सोमपाल कामीले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए ।

शुक्रबारको पहिलो एकदिवसीय खेलमा ३ विकेटले हारेको नेपालले उत्कृष्ट पुनरागमन जित निकाल्दै सिरिज बनारबी गरेको छ । अब सोमबार दुई मुलुकबीच निर्णायक खेल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here