बार्सिलोनाले रियल बेटिसलाई हरायो,च्याम्पियन्स लिगमा स्थान पक्का

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जितमा खेलको ७६ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, लगत्तै मार्क बार्ट्राले गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै अल्बाले बार्सालाई महत्त्वपूर्ण ३ अंक दिलाए । ३५ खेलबाट बार्सिलोनाको ६९ अंक रहेको छ ।

टोली लिगको दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here