वैशाख ३० गते खोप सेवा बन्द हुने

काठमाडौं, २५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

मतदानको दिन मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वाथ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने भएकोले कोरोनाविरुद्धको खोपसँगै अरू नियमित खोप सेवा बन्द हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर वैशाख ३० गते खोप कार्यक्रम नहुने भन्दै कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाहरूले त्यसअघि नै खोप लगाउन आग्रह गरेको छ ।

यस्तै वैशाख ३० गतेपछि खोप कार्यक्रम नियमित हुने पनि मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । यसअघि मन्त्रालयले सबै मतदान केन्द्र नजिक खोप केन्द्र पनि राखेर कोरोनाविरुद्धको खोप लगाउने बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here