सांघाइ लकडाउनको प्रभावः टोयोटाले गर्‍यो उत्पादनमा कटौती

काठमाडौं । चीनको सांघाइमा गरिएको लकडाउनको प्रभाव विश्व बजारमा सबैभन्दा ठूलो मोटर कम्पनी टोयोटामा समेत परेको छ ।

टोयोटाले सांघाइमा कोरोना भाइरस लकडाउनका कारण यस महिना जापानमा रहेका आफ्ना कारखानाहरुमा थप उत्पादन लाइनहरुमा सञ्चालन स्थगित गर्ने जनाएको छ ।

कम्पनीले सोमबारदेखि उत्पदान रोकेको छ । साथै अर्को हप्ताको अन्त्यसम्म कायम रहने समेत जानकारी दिएको छ । चीनमा भएको लकडानले आफ्नो उत्पादनमा प्रभाव पारेको टोयोटाले जनाएको हो ।

यसैबीच टेस्लाले पनि सोर्सिङ पार्टसको समस्याका कारण आफ्नो सांघाई प्लान्टमा अधिकांश उत्पादन रोकेको बताइएको छ । ‘सेमिकन्डक्टरको अभावका कारण हामीले मे महिनाका लागि हाम्रो संशोधित उत्पादन योजना घोषणा गरेका हौ’ टोयोटाद्धारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

चीनको सांघाईमा भएको तालाबन्दीको परिणामस्वरुप कम्पनीले जापानका ८ ओटा प्लान्टमा आगामी बैशाख ३१ देखि जेठ २१ सम्म १४ ओटा लाइनको सञ्चालन थप स्थगन गर्ने भएको छ ।

कम्पनीले यस महिनामा विश्वव्यापी रुपमा ७ लाख ५० हजार सवारी साधनहरु उत्पादन गर्ने योजना बनाएको थियो । तर हाल लकडाउनका कारण ५० हजारले पूर्वानुमान कटौती गरेको छ ।

बुधबार टोयोटाले आफ्नो त्रैमासिक नाफा एक तिहाइले घटेको खुलासा गरेको छ किनभने यसले कम्प्युटर चिप्सको विश्वव्यापी अभाव र चीनको कोभिड १९ प्रतिबन्धका कारण उत्पादन अवरोहरुको प्रभाव महसुस गरेको छ ।

विक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो कार निर्माताले मार्चको अन्त्यसम्मको तीन महिनामा ४६३ दशमलव ८ बिलियन येन को सञ्चालन नाफा पोष्ट गरेको छ ।

जुन बजारको अपेक्षा भन्दा निकै कम छ । टोकियो स्टक एक्सचेन्जमा बुधबार दिउँसोको कारोबारमा कम्पनीको शेयर करिव ४ दशमलव ५ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here