स्थानीय निर्वाचन: कसरी हुन्छ मत बदर, यस्तो छ मतदान गर्ने प्रक्रिया

फाइलफोटो

काठमाडौं । स्थानीय निर्वाचन आउन अब १ दिन बाँकी छ , चुनावी माहोल अन्तिम चरणमा पुगेको छ ।

स्थानीय तहको निर्वाचनमा भोट कसरी हाल्ने ? र कति ठाउँमा छाप लगाउनुपर्ला ? भन्ने बार धेरैलाई कौतुहल्ता भईरहेको हुन सक्छ । ध्यानपूर्वक मत व्यक्त नगरेमा तपाईंको मत बदर हुन पनि सक्दछ ।

भोट कसरी हाल्ने ?

तपाई मतदान गर्नेदिन आफ्नो मतदाता परिचय पत्र बोकेर मतदानकेन्द्रमा जानुपर्दछ ।

मतदान केन्द्रमा पुगेपछि लाइनमा बस्नुअघि आफ्नो मतदाता परिचय पत्रको क्रम संख्या थाहा पाएको हुनुपर्छ । त्यसको आधारमा निर्वाचन आयोगले उसलाई मतदान प्रक्रियामा सहभागी गराउँछ ।

सर्वप्रथम गर्भवती महिला, अशक्त–अपाङ्ग, बिरामी,जेष्ठ नागरिकका लागि छुट्टै, पुरुष र महिलाका लागि छुट्टा–छुट्टै गरी तीनओटा लाइन रहन्छ ।

त्यसपछि लाइनअनुसार उनीहरु मतदाता परिचयपत्र र मतदाता नामावली भिडाउने, मतदान गरेको हातमा चिनो लगाउने, तथ्यांक फारम भर्ने र मतपत्र लिने काम हुन्छ । यसकै पछाडी पट्टी विभिन्न दलका प्रतिनिधिहरु बस्छन् ।

मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ । स्थानीय निर्वाचनमा प्रत्येक मतदाताले सात जना प्रतिनिधी छान्नुपर्छ ।

गाउँ प्रमुख वा नगरप्रमुखका लागि एक मात्रै स्वस्तिक चिन्ह दिनुपर्छ । ठाडो लाइनमा लस्करै रहेका उम्मेदवारहरू मध्ये एक जनलाई मात्रै भोट दिनुपर्छ । त्यस्तै प्रमुखको लाइनपछि रहेको अर्को ठाडो लाइनमा उपप्रमुख वा उपाध्यक्षका उम्मेदवारहरू हुन्छन् ।

त्यहाँ पनि एक जनलाई मात्रै भोट दिनुपर्छ । मतपत्रमा रहेको तेस्रोलाई वडा अध्यक्षको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ । चौथो लाइन महिला वडा सदस्यको हो ।

त्यहाँ एक जना मात्रै महिला वडा सदस्यलाई भोट दिनुपर्छ । पाँचौ लाइन महिला दलित वडा सदस्यको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ ।

छैठौं र सातौं लाईन अन्य दुई वडा सदस्यको लागि हो । सम्भवत त्यो लाइनमा पुरुष उम्मेदवार हुने छन् । ती दुई लाइनमा रहेका दुई जना उम्मेदवारलाई मात्रै भोट दिनुपर्छ ।

दुई लाइन मध्ये पहिलो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ वा दोस्रो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ । अथवा दुई वटा लाईनमा रहेका एक एक जनालाई मत दिँदा पनि हुन्छ ।

तर छैठौं र सातौं लाइनमा दुई ठाउँमा मात्रै स्वस्तिक चिन्ह लगाउनुपर्ने हुन्छ । स्वस्तिक छाप आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हको कोठामा लगाउनुपर्छ । र त्यो छाप अन्य कोठामा जानु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here