काठमाडौं महानगर: उपमेयरमा सुनिता डंगोललाई लोकप्रिय मत, प्रतिस्पर्धी धेरै पछाडि

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकामा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाएकी छन्।

हालसम्म सार्वजनिक भएको आधिकारिक मत परिणामअनुसार उपमेयरमा एमालेकी सुनिता डंगोलले ठूलो अन्तरले अग्रता लिएकी छन्।

जारी मतगणनाका क्रममा वडा नम्बर १ को ५००, वडा नम्बर ३२ को ५०० मत र वडा नम्बर २ को १८० मतको परिणाम सार्वजनिक गरिँदा उनले ५२० मत प्राप्त गरेकी छन्।

त्यस्तै गठबन्धनतर्फका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका श्रेष्ठभन्दा पछि राप्रपाका उम्मेदवार छन्। राप्रपाको हलो चिन्हमा १०५ मत परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here