अस्ट्रेलियाका पूर्वअलराउन्डर एन्ड्रयु साइमण्ड्सको दुर्घटनामा परी निधन

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ।

४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास भए पनि त्यो सफल रहेन र उनको निधन भएको थियो ।

साइमन्ड्सले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए। सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनी अस्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसीय विश्वकप जित्दाका महत्वपूर्ण सदस्य हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here