ललितपुरमा चिरिबाबुको अग्रता कायमै, उपमेयरमा कांग्रेसले ‘रुख’ नछोड्दा बाबुराज दोस्रो स्थानमा

काठमाडौं, १ जेठ । ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छिन् ।

नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् ।

महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ४४४ मत ल्याएर अग्रता लिइरहेकी छिन् ।

गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य भने २६७ सहित दोस्रो स्थानमा छन् । महानगरपालिकामा २९ वडा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here