गण्डकी गाउँपालिका वडा नं २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

गोरखा,१ जेठ । गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली काँग्रेसका देवबहादुर गुरुङले ७ सय ७३ मत र एमालेका उमेदवारले ४५ मत मात्रै पाए । वडाध्यक्ष थापाले काँग्रेसका उम्मेदवार गुरुङलाई ५१ मतान्तरले पराजित गरेका हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवार गुरुङले जितेका थिए । सो वाड नेपाली कांग्रेसकी नेत्री कमला पन्तको जन्मस्थान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here