भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दहालको अग्रता कायमै रहेको छ ।

आइतबार साढे २ बजेको मतगणनाअनुसार ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १८ सय ९५ मत प्राप्त गरेका छन् ।

उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १३ य ३३ मत प्राप्त गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here