काठमाडौं महानगरमा बालेन साहको फराकिलो अग्रता

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले साहले ३ हजार ११० मत प्राप्त गरेका छन्। बालेनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।

एमालेका उम्मेदवार स्थापितले १ हजार ६४५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६०२ मत प्राप्त गरेकी छन्।

अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here