विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै

काठमाडौं, १ वैशाख । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

एमाले प्रतिनिधिहरुले मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको निर्णय विरुद्ध आरोप लगाएका छन् । उनले कहिले सदर कहिले बदर भनेमने आरोप लगाएका हुन् ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।

४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here