स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः शुरु

फाइलफोटो

काठमाडौं, १ जेठ । सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ।

उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना पुनः सुरु भएको हो । मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो ।

भरतपुर–२ को आठ स्थानमा मत गणना भइरहेको बेला विवाद भएपछि मतगणनास्थलमै सर्वदलीय बैठक बसेको हो ।

मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मत गणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८ सय ६६ मत पाएर अग्रता कायम राखेकी छन् ।

यस्तै, विजय सुवेदीले १८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय १९ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here