अभिनेता राज घिमिरे वडाध्यक्षमा निर्वाचित

काठमाडौं, २ जेठ । अभिनेता राज घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जारी स्थानीय तहको मतगणना अनुसार अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ बाट विजयी भएका हुन्।

अभिनेता घिमिरेले माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर थिए। त्यस्तै एमालेका उम्मेदवार श्रीराम आचार्याले १ हजार ४८ मत ल्याएका छन्।

घिमिरे कलाकारिता क्षेत्र छाडेर पछिल्लो एक दशकदेखि सामाजिक कार्यमा लागेका छन्। उनले लुट, चपली हाइटलगायत चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here