गायक राजु लामाले गरे सफलतापूर्वक सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् ।सोमबार बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका हो ।

इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागि थिए ।

साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन् भने उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here