योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

काठमाडौं, २ जेठ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

ताप्लेजुङ मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका विजयप्रकाश वनेम (लिम्बू) विजयी भएका हुन् ।

वनेमले २ हजार ४५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन थत्लुङले १ हजार ९३० मत पाए ।

नेपालमा प्रजातन्त्र स्थापना भएपछि यस गाउँपालिकाका तत्कालीन फाकुम्बा गाउँ विकास समिति, साँघु गाउँ विकास समिति र मनन भण्डारीको जन्म थलो समेत रहेको ढुङ्गेसाँघु गाउँ विकास समितिमा ३० वर्षसम्म एमालेले जित्दै आएको थियो ।

उपाध्यक्ष्मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमलकुमारी वनेम २ हजार ३९५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेकी १ हजार ९्७५ मत ल्याइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here