काठमाडौं महानगर: २५ हजार मत गन्दा बालेन्द्रको अग्रता फराकिलो, सिंह र स्थापितबीच प्रतिस्पर्धा

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

मतगणनाको ताजा परिणाम अनुसार अहिले २५ हजार ४८ मत गनिएको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ९ हजार ६ सय ५ मत पाएका छन् भने उनलाई केशव स्थापितले ५ हजार १ सय ४ मतका साथ पछ्याइरहेका छन्।

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ४ हजार चार सय ८३ मत पाएका छन्। उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here