काठमाडौंको तारकेश्वर नगरपालिको मेयर उपमेयरमा कांग्रेस निर्वाचित

काठमाडौं, ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा कांग्रेस विजयी भएको छ । कांग्रेसका कृष्णहरि महर्जन ११ हजार ९८ मतसहित मेयर निर्वाचित हुँदा एमालेका रामेश्वर बोहरा सातहजार ८० मत ल्याएर पराजित भए ।

उपमेयरमा कांग्रेसकै सिर्जना बुर्लाकोटी १० हजार ७८६ मत ल्यााएर निर्वाचित हुँदा एमालेकी भवानी डोटेल आठहजार ६०० मत ल्याएर पराजित भइन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा तारकेश्वरमा एमालेले मेयर र उपमेयर दुबै पद जितेको थियो । यसअघि काँग्रेसले दक्षिणकाली र कीर्तिपुर नगरपालिका जितिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here