एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित

काठमाडौं, ३ जेठ । नेकपा एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ मा एमाले नेतालाई पराजित गर्दै नेपाली कांग्रेसका नेता अर्पण पोखरेल विजयी भएका हुन् ।

निकट्तम प्रतिस्पर्धी एमालेका भानुभक्त सापकोटालाई ८ सय ६८ मतले पराजित गर्दै पोखरेल वडाध्यक्षमा विजयी भएका हुन् ।

पोखरेलले २ हजार ५ सय १ मत पाए भने सापकोटाले १ हजार ६ सय ३३ मत मात्र पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here