काठमाडाैं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार शाहले ११ हजार ४३४ मतसहित अग्रता लिएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ६ हजार २५८ मत प्राप्त गरेका छन् ।

मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४ सय ८ मत ल्याएकी छिन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि फराकिलो अग्रतालाई कायमै राखेकी छिन् ।

काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ।

काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here