चालकरहित रोबोट्याक्सी चल्न शुरु, केही समयमै व्यावसायिक सञ्चालन हुने

काठमाडौं, ३ जेठ । सेल्फ ड्राइभिङ स्टार्टअप आर्गो एआईले अमेरिकामा चालकरहित सवारी साधन सञ्चालन थालेको छ । कम्पनीले मंगलबार दिएको जानकारीअनुसार फ्लोरिडा राज्यको मायामी र अस्टिनको टेक्ससमा यस्ता सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

हाल परीक्षणका लागि कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोकेर सवारी चलाएको छ । चाँडै नै ति रोबोट्याक्सीको व्यावसायिक सञ्चालन गरिने उसको भनाइ छ । तर त्यसको मिति भने सार्वजनिक गरिएको छैन ।

आर्गोका अनुसार मानवरहित रोबोट्याक्सी अमेरिकामा सञ्चालनमा ल्याइएको यो पहिलो पटक हो । रोबोट्याक्सीहरु उच्च ट्राफिक, पैदलयात्रीको वीचमा पनि सुरक्षितपूर्वक चलिरहेका छन् ।

फोर्ड मोटर कम्पनी र फोक्सवागेनले संयुक्तरुपमा आर्गोको स्थापना गरेका हुन् । उसले मायामी र अस्टिनमा वर्षौंदेखि रोबोट्याक्सी चलाइरहेको छ । उसलाई लिफ्ट र वालमार्टले सघाइरहेका छन् ।

वालमार्टले सामान डेलिभरीका लागि रोबोट्याक्सीको परीक्षण गरिरहेको छ । लिफ्टले भने चालकरहित ट्याक्सी चलाउने प्रविधिमा काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here