सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम नगरपालिकामा एमाले पराजित

काठमाडौं, ४ जेठ । संविधानसभा अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहनगर इलाम नगरपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् ।

नगरपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा नेकपा एमालेका उम्मेद्वार धीरेनकुमार चेम्जोङलाई पराजित गर्दै १३१६५ मतका साथ विजयी भएका हुन् ।

थापाका प्रतिस्पर्धी चेम्जोङले १०५८७ ल्याएका छन्। उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेद्वार विष्णु कुमारी लिम्बू १३५४२ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमाले उम्मेदवार सितादेवी रिजालले भने १००८८ मत पाएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here