काठमाडौं महानगरमा ४०,७२४ मतगणना: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा ४० हजार ७२४ मतगणना सम्पन्न भएको छ ।

पछिल्लो गणानाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धी अरू उमेदवारभन्दा धेरै अगाडि छन् । उनले १५ हजार ९०६ मत ल्याएका छन् ।

नेकपा (एमाले)का उमेदवार केशव स्थापित आठ हजार ४२७ मतसहित दोस्रो स्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी उमदेवार सिर्जना सिंहले सात हजार ५१२ मतसहित पछ्याउँदै छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here