लेखराज भट्टका भाइलाई हराउँदै कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं, ४ जेठ । कैलालीको गोदावरी नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद भट्ट विजयी भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट चुनाव लडेका वीरेन्द्र १५ हजार ५०१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गोकर्ण भट्टले ११ हजार २२४ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) छोडेर एमालेका सचिव बनेका लेखराजले भाइ गोकर्णलाई एमालेबाट गोदावरी प्रमुखको उम्मेदवार बनाएका थिए ।

उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया १० हजार ६७० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)की रत्ना कडायतले नौ हजार ९८३ मत ल्याइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here