१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार आफ्नै भजितासँग पराजित

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १० का नरसिंह व्यञ्जनकार यस पटक पराजित भएका छन् ।

२०२९ सालदेखि अहिलेसम्मका सबै चुनावमा विजयी हुँदै आएका ८१ बर्सिया व्यञ्जनकार आफ्नै भतिजा नेपाली कांग्रेसका रविन व्यन्जनकारसँग पराजित भएका हुन् ।

नरसिंहले ५४३ मत ल्याउँदा भतिजा रबिमान ८२५ मत ल्याएर विजयी भएका हुन् । दुई सय ४७ बढी मतान्तरले रबिमान निर्वाचित भएका हुन् ।

२०७४ सालको चुनावमा नरसिंहले ६७६ मत ल्याएर जितेका थिए । पराजित कांग्रेसका कर्मलाल व्यञ्जनकारको ६०२ मत आएको थियो ।

नरसिंह पञ्चायत, बहुदल र गणतन्त्रमा पनि निरन्तर वडाध्यक्ष जित्ने एक मात्र नेता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here