एनसीसी र ब्लू क्रसवीच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा छुट

क्लाउडपत्रिका
काठमाडौं, २१ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ब्लु क्रस अस्पतालवीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालतर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस् रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले ब्लु क्रसका सेवामा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएम सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here