उठ्न थाल्यो काठमाडौंबाट फोहोरको डंंगुर

फाइलफोटो

काठमाडौं,६ जेठ । निरन्तर परिरहेको वर्षात र शहरमा थुप्रिएको फोहोरले कुरुप बन्दै गएको काठमाडौंमा फोहोर उठ्न थालेको छ ।

काठमाडौंमा ३ महिनादेखि फोहोर नियमित उठ्न सकेको छैन । सोमबारदेखि घरबाट फोहोर उठाउन थालिएको हो । तर, सडकमा थुप्रिएको फोहोर भने अझै उठिसकेको छैन ।

काठमाडौं महानगरपालिकाका अनुसार आगामी एक साता भित्र भने फोहोर करीव उठिसक्ने भएको छ । वैशाखमा फोहोर नै नउठ्दा घरघरमा ठूलो मात्रामा फोहोर थुप्रिएको थियो ।

नुवाकोटको सिसडोल र काठमाडौंको तारकेश्वरवासीले पासाङ ल्हामु राजमार्ग कालोपत्र गर्नुपर्ने माग राख्दै पटक–पटक फोहोर बिसर्जनमा विरोध गर्दै आइरहेका छन् ।

उनीहरुले फोहोरका कारण सडक जीर्ण र प्रदूषण बढेको भन्दै अवरोध गरेका हुन् । महानगर र ठेकेदारले सडक कालोपत्र गर्ने प्रतिबद्धता दोहोर्‍याएपछि स्थानीय बिहीबार फोहोर विसर्जन गर्न दिन सहमत भएका छन् ।

बिहीबार मात्र झण्डै १५ सय टन फोहोर विसर्जन भएको महानगरले जनाएको छ । उपत्यकाका तीनै जिल्लाबाट प्रत्येक दिन १२ सय मेट्रिक टन फोहोर संकलन हुन्छ । यो नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिने गरिएको छ । ५ सय मेट्रिक टन फोहोर दैनिक काठमाडौं महानगरबाट मात्र निस्कन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here