भरतपुर महानगरपालिका रेणु दाहालको फराकिलो मतान्तर

काठमाडौं, ९ जेठ । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्

पछिल्लो परिणामअनुसार उनी एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ७ सय १४ मतले अगाडि छिन् । १ लाख ६ हजार ७३९मत गणना हुँदा रेनुले ४२ हजार ९ सय २८ मत प्राप्त गरेकी छन् ।

सुवेदीले ३३ हजार २ सय १४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ७१ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४४ हजार ४३९ मतका साथ अग्रस्थानमा छन् ।

राप्रपाकी हिमला गुरुङले २६ हजार ३ सय ४ मत पाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here