काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेनको फराकिलो अग्रता कायमै

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्। काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ ।

स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत ल्याएका छन् ।

सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ ल्याएकी छन् ।

काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here